०६ साउन २०८३, बुधबार

डिजिटल वालेटका ३ कर्मचारी पक्राउ

५५ भन्दा बढी वालेट रुजु गरेर आर्थिक कारोबार​
मंसिर १०, २०८१
काठमाडौं
डिजिटल वालेटका ३ कर्मचारी पक्राउ

ईसेवा, खल्तीलगायत वालेटका ग्राहकहरूको केवाईसी रुजु गर्ने विभागका तीन कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले फरक-फरक मोबाइल नम्बरबाट ५५ वटाभन्दा बढी वालेटहरू गैरकानूनीरूपमा खोलेर आर्थिक कारोबार गरेको आरोप छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा धादिङ ज्वालामुखी गाउँपालिकाका साहिल श्रेष्ठ, गोरखा सिरानचोक गाउँपालिकाका सविनकुमार कुमाल र रामेछापको उमाकुण्ड गाउँपालिकाका सुरेन्द्र बस्नेत छन् ।

उनीहरूले आपराधिक गिरोहसँग कमिसन लिएर अन्य व्यक्तिको वालेट रुजु गर्ने नाममा आर्थिक कारोबार गरेको अनुसन्धान कार्यालयका एसपी अंगुर जीसीले जानकारी दिए ।

जीसीका अनुसार पक्राउ परेका तीन जनालाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

कमेन्ट गर्नुहोस्