०७ साउन २०८३, बिहीबार

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम कैलालीमा शुरू

मंसिर १०, २०८१
काठमाडौं
रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम कैलालीमा शुरू

कैलालीमा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुरू भएको छ ।

सुदूरपश्चिम पृतनाको जिम्मेवारी क्षेत्रअन्तर्गतका जिल्लाहरूमा रहेका विभिन्न सञ्चार माध्यममा आबद्ध सञ्चारकर्मीहरूको सहभागितामा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सोमबारबाट शुरू भएको हो ।

कार्यक्रममा १९ जना सञ्चारकर्मीहरूको सहभागिता रहेको नेपाली सेनाले जनाएको छ ।

null

कार्यक्रममा सुदूरपश्चिम पृतनाका चिफ अफ स्टाफ सहायक रथी किरण केसीले विगत लामो समयदेखि नेपाली सैनिक रेडियो कार्यक्रम प्रसारण गर्ने पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका ८ वटा एफएम रेडियो स्टेसनहरूलाई प्रोत्साहन स्वरूप नगद तथा कदर पत्र प्रदान गरेका थिए ।

पाँच दिनसम्म सञ्चालन हुने अभिमुखीकरण कार्यक्रममा नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, जिम्मेवारी तथा भूमिका एवं मुख्य गतिविधिहरूको बारेमा जानकारीमूलक प्रस्तुतीकरण तथा अन्तरक्रिया सञ्चालन गरिनेछ ।

सहभागीहरूलाई नेपाली सेनाले सुरक्षा प्रदान गरिरहेका शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायत अन्य महत्त्वपूर्ण संरचनाहरूको स्थलगत अध्ययन भ्रमण गराउने योजना रहेको सेनाले जनाएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्