१२ असार २०८३, शुक्रबार

माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित

मंसिर ११, २०८१
काठमाडौं
माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित

 माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगन गरिएको छ ।राहदानी प्रणालीमा प्राविधिक समस्या उत्पन्न भएको जनाउँदै  माल्टामा हुने घुम्ती शिविर स्थगन गरिएको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ । 

माल्टाको बिरकिरकरामा यही मङ्सिर १५ गतेदेखि १९ सम्म शिविर सञ्चालन गरिने तयारी गरिएको थियो ।  

यसअघि राहदानी नवीकरणलगायत कागजात प्रमाणीकरणसम्बन्धी कन्सुलर सेवा दिन राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोली माल्टा जाने तय भएको थियोे । प्राविधिक समस्याका कारण राहदानीसम्बन्धी  सेवा अवरुद्ध भएकाले हालका लागि माल्टामा सञ्चालन गर्न लागिएको घुम्ती सेवा स्थगन गरिएको स्पेनका लागि कार्यवाहक नेपाली राजदूत यज्ञराज पौड्यालले  जानकारी दिए । राहदानी प्रणालीमा देखिएको समस्या समाधान हुनासाथ घुम्ती सेवा शिविर सञ्चालन गरिने उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्