०७ असार २०८३, आइतबार

आश्रितले पाए १ लाख ५७ हजार रुपैयाँसम्म पेन्सन

मंसिर ११, २०८१
काठमाडौं
आश्रितले पाए १ लाख ५७ हजार रुपैयाँसम्म पेन्सन

काठमाडौँको डिलक्स कन्सल्टेन्सी ओभरसिज कम्पनीमा कार्यरत सुमनकुमार महर्जनको मृत्युपछि उनकी श्रीमती सुलोचना महर्जनले विगत आठ महिनादेखि दम्पती निवृत्तिभरण अन्तर्गत मासिक रूपमा रकम प्राप्त गर्दै आएकी छन्। 

मृतक महर्जनले मासिक करिब तीन लाख रुपियाँ पाउने गरेकोमा आश्रित परिवार योजना अन्तर्गत श्रीमती सुलोचनाले तलबको ६० प्रतिशत बराबर निवृत्तिभरणको सुविधा प्राप्त गरिरहेकी छन् । सामाजिक सुरक्षा ऐन अनुसार मृतक महर्जनले प्राप्त गर्ने आधारभूत पारिश्रमिकको ६० प्रतिशत श्रीमतीले अर्को विवाह नगर्दासम्म एक लाख ५७ हजार पाँच सय रुपियाँ निवृत्तभरण आजीवन प्राप्त गर्नेछिन् । 

डिसिई नामक कम्पनीमा कार्यरत मृतक शौरभ सुवेदीका बाबुआमाले पनि मासिक पेन्सनबापत ३५ हजार ६४० रुपियाँ प्राप्त गर्दै आएका छन् । मृतक सुवेदीका बाबुआमा जस्तै सामाजिक सुरक्षा योगदान गरेबापत मासिक पेन्सन प्राप्त गर्ने ५६ परिवार रहेको सामाजिक सुरक्षा कोषले जनाएको छ । यसबाहेक मृतक योगदानकर्ताको अन्तिम संस्कारका लागि मृतकको परिवारले एकमुष्ट २५ हजार रुपियाँसमेत पाएको कोषले जानकारी दिएको छ । 

कोषको योजनामा आबद्ध भएर योगदान गरिरहेको समय विभिन्न कारणले मृत्यु भएकाले मासिक रूपमा निवृत्तिभरण प्राप्त गरिरहेको प्रतिनिधिमूलक उदाहरण हुन् यी । कोषका अनुसार अहिलेसम्म ५८७ योगदानकर्ताका आश्रित परिवारलाई चार हजारदेखि एक लाख ५७ हजार पाँच सय रुपियाँसम्म कोषले अहिले मासिक निवृत्तिभरण वितरण गर्दै आएको छ । गोरखापत्रमा खबर छ ।  

salt training

कमेन्ट गर्नुहोस्