१० साउन २०८३, आइतबार
सुनको भाउ फेरि घट्यो

सुनको मूल्य आज पनि घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

मंसिर ११, २०८१
काठमाडौं
सुनको मूल्य आज पनि घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सोमबार एकै दिन झण्डै १६ हजार रुपैयाँले घटेको सुनको मूल्य आज दुई हजार ६०० रुपैयाँले घटेको हो । 

हिजो तोलामा एक लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । यसअघि प्रतितोला एक हजार ८४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा एक हजार ८२० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

यसअघि आइतबार सुन तोलामा एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

सरकारले सुन आयातमा भन्सारमा लिँदै आएको २० प्रतिशत शुल्कलाई आधा घटाएर १० प्रतिशतमा झार्ने निर्णय गरेसँगै सुनको मूल्य घटेको हो ।

salt training

कमेन्ट गर्नुहोस्