१८ असार २०८३, बिहीबार

किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ

मंसिर ११, २०८१
धनकुटा
किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ

धनकुटामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका- ७ मोतिगडाका २८ वर्षीय सोमनाथ भन्ने सुजन गिरी छन् । उनलाई सोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सुजनले ती किशोरीलाई सुनसरीको इटहरीस्थित एक होटलमा कात्तिक ३० गते बलात्कार गरेको भन्ने उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी मुढेबास धनकुटाबाट खटिएको प्रहरीले उनलाई चौबीसे गाउँपालिका- २ टोक्रोम्बास्थित शुक्रबारे बजारबाट पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्