२८ जेठ २०८३, बिहीबार

सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

मंसिर ११, २०८१
सर्लाही
सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

सर्लाहीको बलरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मंगलबार बलरा नगरपालिका–९, अचलगढमा ट्याक्टर दुर्घटना हुँदा चालक ४० वर्षीय रुसतम साहको मृत्यु भएको प्रहरीले जनाएको छ । 

ट्याक्टर धनीसमेत रहेका चालक साह खेत जोतेर घर फर्कने क्रममा अनियन्त्रित भई ट्याक्टर पल्टिँदा त्यसमा च्यापिएका थिए । 

घटनालगत्तै उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य संस्था अचलगढ पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्