१२ साउन २०८३, मंगलबार

सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्न जरुरी छ : अर्थमन्त्री पौडेल

मंसिर ११, २०८१
काठमाडौं
सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्न जरुरी छ : अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामाजिक सुरक्षाका दायरालाई विस्तार गर्नुपर्ने जरुरी भएको बताएका छन् । 

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले सातौं सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले एमाले नेतृत्वको सरकारले नै नेपालमा सामाजिक सुरक्षाको अवधारणा अघि सारेको र त्यसको दायरालाई विस्तार गर्ने बताएका हुन् । 

'सामाजिक सुरक्षाको अवधारणा अघि सार्ने, त्यसलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने र स्थापित गर्ने अभियानको नेतृत्व नेकपा (एमाले) ले गरेको हो । एमाले नेतृत्वको सरकारले गरेको हो', अर्थमन्त्री पौडेलले भने ।

उनले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको स्मरण गराए । अर्थमन्त्री पौडेलले राज्यको जिम्मेवारी नागरिकप्रति छ भन्ने अवधारणाको आधारका सामाजिक सुरक्षाको अवधारणा अघि सारिएको उल्लेख गरे । 

अर्थमन्त्री पौडेलले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम मौलिक सोच भएको उल्लेख गर्दै नेपाली मजदुरलाई उत्साहित र भविष्यप्रति आश्वस्त बनाउने काम गरेको स्पष्ट पारे। 

अर्थमन्त्री पौडेलले सामाजिक सुरक्षालाई अझ व्यवहारिक बनाउन, अझ परिमार्जित गर्नुपर्नेमा जोड दिँदै एमाले नेतृत्वको वर्तमान सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई अझ प्रभवकारी र रचनात्मक बनाउने विश्वास दिलाए । 

salt training

कमेन्ट गर्नुहोस्