
लायन्स क्लब अफ नेपाल टुरिजमले धादिङको सिद्धलेक-५ स्थित मनकामना आधारभूत विद्यालयमा पोसाक वितरण गरेको छ ।
मङ्सिर ९ गते ९८ जना बालबालिकालाई नि:शुल्क पोसाक वितरण गरिएको हो ।लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एसका डिस्ट्रिक्ट चिफ लक्ष्मण अर्यालको संयोजनमा विद्यार्थीहरूलाई पोसाक वितरण गरिएको थियो ।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर घलेले लायन्स क्लब अफ नेपाल टुरिजमले प्रशंसनीय काम गरेको बताए । यसैगरी विद्यालयका प्रधानाध्यापक ध्रुव प्रसाद सिलवालले खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे ।

लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ एस नेपालका डिस्ट्रिक एक्जुकेटिभ चिफ अञ्जन थापा (कुमार) को पहलमा उक्त कार्यक्रम भएको थियो । आर्थिक अभावका कारण सो विद्यालयका अध्ययनरत विद्यार्थीहरूलाई पोसाक खरिद गर्न समस्या भएको भन्ने जानकारीमा आएपछि आफ्नो कार्यकालको कार्यक्रमका रूपमा समस्यामा परेका विद्यार्थीलाई सहयोग गरिएको क्लब प्रेसिडेन्ट किरण पाण्डेले बताए ।
कार्यक्रममा लायन्स क्लब अफ सिद्धलेकले सहयोग गरेको थियो ।