२८ असार २०८३, आइतबार

युक्रेनले गरेको क्षेप्यास्त्र आक्रमणबाट आफ्नो प्रमुख वायु रक्षा प्रणाली ध्वस्त भएको रुसद्वारा स्वीकार

मंसिर १२, २०८१
काठमाडौं
युक्रेनले गरेको क्षेप्यास्त्र आक्रमणबाट आफ्नो प्रमुख वायु रक्षा प्रणाली ध्वस्त भएको रुसद्वारा स्वीकार

रुसले पहिलो पटक युक्रेनले गरेको अमेरिकी क्षेप्यास्त्र आक्रमणबाट आफ्नो प्रमुख वायु रक्षा प्रणाली ध्वस्त भएको स्वीकार गरेको छ । यसका साथै कुर्स्क क्षेत्रमा रहेको सैन्य आधारमा पनि क्षति पुगेको जनाएको छ। 

अमेरिकाको प्याट्रियट डिफेन्स सिस्टमजस्तै क्षमता भएको एस-४०० वायु रक्षा प्रणालीलाई लक्षित गरिएको छ ।

केही दिनअघि अमेरिकाले युक्रेनलाई एटीएसीएमएस मिसाइलहरू दिँदै त्यसलाई रुसभित्र लक्षित गर्न अनुमति दिएको थियो ।

युक्रेनले कुर्स्क क्षेत्रमा केही लक्ष्यलाई निशाना बनाएको बताएको थियो । 

यसैबीच, युक्रेनी वायुसेनाले रुसले १८८ ड्रोनबाट आक्रमण गर्दा केही आधारभूत संरचनामा क्षति पुगेको बताएको छ । गत हप्ता रुसले शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो ।

एक हजार दिनभन्दा बढी समयदेखि चलिरहेको यो युद्धमा पहिलो पटक यति शक्तिशाली हतियार प्रयोग भएको मानिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्