२३ जेठ २०८३, शनिबार

यस्ता छन् दैनिक तातोपानी पिउनुका फाइदा

मंसिर १२, २०८१
काठमाडौं
यस्ता छन् दैनिक तातोपानी पिउनुका फाइदा
फाइल फोटो

पानी जीवन हो, यसले शरीरभरि रक्तसञ्चारमा सहयोग पुर्‍याउँछ ।

हाम्रा लागि पानी कति महत्त्वपूर्ण हो भन्ने त हामी सबैलाई जानकारी नै छ । यदि हामीले साधारण पानीको तुलनामा तातो पानीको प्रयोग गर्न सक्यौं भने, डाइजेस्टिभ सिस्टम, छाला र कपाललाई स्वस्थ बनाउन मद्दत पुग्छ । तातो पानी पिउनुले शरीरमा रहेका बेकार पदार्थ बाहिर निक्लिन्छन् ।​

यस्ता छन् तातो पानी पिउनुका फाइदा

तातो पानीको प्रयोगले छाला र कपाललाई पनि धेरै फाइदा पुग्छ । यसमा अनुहारमा आउने पिम्पलको समस्याबाट बच्न सकिन्छ । साथै कपाल पनि चमकदार बन्ने विशेषज्ञहरूले बताएका छन् ।

जाडो सुरु भएदेखि मानिसलाई चिसोका कारण गलामा समस्या देखिन्छ । यदि यस्ता समस्याबाट छुटकारा पाउने सबैभन्दा सरल उपाय तातोपानीको प्रयोग नै हो ।

तातो पानी पिउनाले शरीरभित्र जम्मा भएका विकार चीज बाहिर आउँछन् । साथै पेटमा कब्जियतसम्बन्धी कैयौं रोग ठिक पार्न पनि तातो पानीले सहयोग गर्दछ ।

यस्तै छाला चम्किलो बनाउन पनि तातो पानीले मद्दत गर्दछ । दैनिक तातो पानी पिउनाले अनुहारमा देखिने दाग पनि हटेर जान्छन् । शरीरमा रगतको सर्कुलेशन पनि वृद्धि हुन्छ ।

यदि रक्तसञ्चारमा वृद्धि भयो भने, मानिस कैयौं बिरामीबाट बच्न सक्छ । त्यसैले तातो पानीले पिउनाले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता पनि बृद्धि हुन पुग्छ ।

यदि तौल बढ्ने समस्याबाट ग्रस्त हुनुहुन्छ भने, तातो पानी तपाईँका लागि लाभदायक बन्न सक्छ। बिहान खाली पेटमा सधैं तातोपानीको प्रयोगले शरीरबाट बोसो घटाउँछ ।

यस्तै, पेट सफा गर्न पनि तातो पानी सबैभन्दा सरल उपाय हो । जसबाट पाचनतन्त्र पनि सही तरिकाले काम गर्न थाल्छ ।

आन्द्रामा जमेको मललाई पनि सहज तरिकाले निकाल्छ र पेट सही अवस्थामा रहन तातोपानीले मद्दत गर्दछ ।

यस्तै पेट दुख्ने समस्याका लागि पनि तातोपानी सबैभन्दा उत्कृष्ट उपाय हो । महिलालाई महिनावारीका दौरान पनि तातोपानीले धेरै सहयोग गर्दछ ।

salt training

कमेन्ट गर्नुहोस्