२३ असार २०८३, मंगलबार

वीरगन्जबाट सुनसहित १ जना पक्राउ

मंसिर १२, २०८१
पर्सा
वीरगन्जबाट सुनसहित १ जना पक्राउ
फाइल फोटो

वीरगन्जबाट सुनसहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका- १५ भेडियाहीका २८ वर्षीय जयप्रकाशकुमार सोनार छन् ।

उनलाई वीरगन्ज महानगरपालिका- ८ स्थित रेल्वे रोडबाट सुन जस्तो देखिने पहेंलो धातु १ सय ७ ग्राम ८९ मिलिग्रामसहित मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना ६२ प २७०५ नम्बरको मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्