१० साउन २०८३, आइतबार

प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निम्तो

मंसिर १२, २०८१
काठमाडौं
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निम्तो

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष २१औं राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा (ग्वय्  दाँ तयेगु ज्वाइव) दिइएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज सङ्घीय सांसद कृृष्णगोपाल श्रेष्ठ, ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मङ्गलकृष्ण महर्जनसहित करिब सय जनाको समूहले नेवारी बाजागाजा प्रस्तुत गर्दै सगुन दिएर दिवसको प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरेको हो ।

यस वर्षको ज्यापु दिवस तथा योमरी पुन्ही यही मङ्सिर ३० गते मनाइनेछ । उक्त दिन काठमाडौंमा र्‍यालीसहित वसन्तपुरमा मुख्य कार्यक्रम हुनेछ ।

कार्यक्रममा ज्यापु प्रतिभा पुरस्कार पनि प्रदान गरिने आयोजकले जनाएको छ ।

परम्परागत निमन्त्रणा ग्रहण गर्दै प्रधानमन्त्री ओलीले नेवारी संस्कृति नेपाली संस्कृतिको पहिचान दिने मौलिक, उन्नत र परिष्कृत तथा इतिहास बोकेको संस्कृति भएकाले सबै मिलेर यसको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

उनले ज्यापु गुठीका लागि अक्षय कोषमा सक्दो रकम वृद्धि गर्न सरकारले सहयोग गर्ने विश्वास दिलाए ।

salt training

कमेन्ट गर्नुहोस्