
दाङको घोराहीबाट तुलसीपुर जाँदै गरेको बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
त्यसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
रा १ ख १३८२ नम्बरको बस घोराही-तुलसीपुर सडकअन्तर्गत तुलसीपुर उपमहानगरपालिका- १८ बिजौरीको डाँडागाउँनजिक दुर्घटना हुँदा बसमा सवार २१ यात्रु घाइते भएको प्रहरी चौकी हेमन्तपुरले जनाएको छ ।
घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी ईश्वर थापाले जानकारी दिए ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बस चालक घोराही- १० का मनोज चौधरी फरार छन् ।
बस सडकदेखि ३ मिटर तल खसेको जनाइएको छ ।