२६ जेठ २०८३, मंगलबार

अछाममा असईले आफ्नै छातीमा हाने गोली

मंसिर १४, २०८१
काठमाडौं
अछाममा असईले आफ्नै छातीमा हाने गोली
सांकेतिक तस्वीर

नेपाल प्रहरीका सहायक निरीक्षक (असई)  किसनबहादुर चन्दले आफैंमाथि गोली प्रहार गरेका छन् ।

तुर्माखाद गाउँपालिका– ६  भैरवस्थान प्रहरी चौकी इन्चार्ज चन्दले बिहीबार राति करिब ९ बजेतिर आफैंमाथि गोली प्रहार गरेको अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले लोकान्तरसँग बताए ।

आफैंले बोकेको पेस्तोलले बायाँ छातीको माथिल्लो भागमा प्रहार गरेका हुन् । घाइते चन्दलाई उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको र उपचार जारी रहेको डीएसपी भण्डारीले जानकारी दिए ।

उनका अनुसार चन्दले आफैंलाई गोली हान्नुको कारण खुलेको छैन ।

‘प्रारम्भिकरूपमा बुझ्दा गोली हान्नुपर्ने कारण खुलेको छैन, घर-परिवारतर्फ बुझ्दा पनि समस्या देखिएन,’ भण्डारीले भने, ‘घटनाको सत्य-तथ्य छानबिन गर्न समिति गठन गरेको छु । समितिले सत्य-तथ्य पत्ता लगाएर प्रतिवेदन पेश गरेपछि मात्रै कारण खुल्छ ।’

अहिले चन्दको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी अस्पतालबाट पाएको उनले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्