१३ असार २०८३, शनिबार

पीडामा रहेकाहरूलाई सहयोग गर्ने संस्कृति बढाएर लैजानुपर्छ : प्रचण्ड

मंसिर १५, २०८१
काठमाडौं
पीडामा रहेकाहरूलाई सहयोग गर्ने संस्कृति बढाएर लैजानुपर्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा दुःख पीडामा रहेकाहरूलाई सहयोग गर्नु नेपाली समाजको संस्कृति भएकाले यसलाई बढाएर लैजानुपर्ने बताएका छन् ।

गत कात्तिक २८ गते झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्करबाट ज्यान गुमाएका नारायण नगरकोटी र श्रीमती सानुमाया नगरकोटीका दुई छोरीलाई शैक्षिक सामग्री सहयोग घोषणा तथा हस्तान्तरण कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।​

दुर्घटनालगत्तै अध्यक्ष प्रचण्ड कागेश्वरी मनोहरा नगरपालिका २ आलापोटस्थित नगरकोटी निवास पुगेर बाबुआमा गुमाएका दुई छोरी गरिमा र अनु नगरकोटीको अभिभावकत्व लिने घोषणा गरेका थिए ।

उनको घोषणालाई समर्थन गर्दै उद्धव नेपालले गरिमा र अनुलाई कक्षा १२ सम्म अध्ययन गर्दा आवश्यक पाठ्यपुस्तकलगायतका शैक्षिक सामग्री र पोशाक सहयोग गर्ने घोषणा गरेका हुन् ।

सहयोग घोषणा कार्यक्रममा अध्यक्ष प्रचण्डले शैक्षिक सामग्री सहयोग गर्ने नेपाल, घटनालगत्तै एकताबद्ध भएर यो पीडालाई उजागर गर्दै सहयोग सङ्कलन गर्ने आलापोटबासी र निःशुल्क अध्ययनको व्यवस्था मिलाउने विद्यालयलाई धन्यवाद दिए ।

उनले भने– ‘समाजमा पीडामा भएका र सेवा आवश्यक रहेका व्यक्तिहरूलाई सहयोग गर्ने भावना नेपाली समाजको संस्कृति नै हो, यसलाई बढाएर लैजानुपर्छ ।’

समाजमा पीडामा रहेकाहरूको अभिभावकत्व सरकारले लिनुपर्ने भए पनि अहिले सरकार एउटा भन्ने र अर्को गर्ने अवस्थामा रहेको टिप्पणी गर्दै सकेसम्म समाजका पीडाहरूलाई नदेखेजस्तो गर्ने र गरे पनि आफ्नाहरूलाई मात्र गर्ने अवस्था रहेको बताए ।

यो बेलामा असक्त र पीडितहरुको पक्षमा समाजले नै बढी जिम्मेवारी लिनुपर्ने आवश्यकता रहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्