२५ जेठ २०८३, सोमबार

जनकपुरका मिलान्थाले बनाए अर्धशतक

मंसिर १५, २०८१
काठमाडौं
जनकपुरका मिलान्थाले बनाए अर्धशतक

जनकपुर बोल्ट्सका लाहिरु मिलान्थाले अर्धशतक पूरा गरेका छन् ।

जारी नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सबाट १२७ रनको चुनौती पाएको जनकपुरका मिलान्थाले आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

३९ बलमा उनले अर्धशतक पूरा गरेका हुन् ।

१२ ओभरसम्मको खेलमा जनकपुरले २ विकेटको क्षतिमा ९८ रन बनाइसकेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा विराटनगरले जनकपुरलाई जीतका लागि उक्त रनको लक्ष्य दिएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको हो । 

अहिले जनकपुर बोल्ट्सले ब्याटिङ गरिरहेको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्