२३ असार २०८३, मंगलबार

निर्वाचन नजिकिँदै जाँदा सरकारबाट गुण्डागर्दी भयो - एमाले

कात्तिक २६, २०७४
निर्वाचन नजिकिँदै जाँदा सरकारबाट गुण्डागर्दी भयो - एमाले

काठमाडौं, २६ कात्तिक - मुलुकमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै जाँदा सत्ताधारी दलहरुबाट विभिन्न खालका गुण्डागर्दी र आक्रमणका घटनाहरु बढाउ“दै मतदाताहरुलाई आतंकित पार्ने प्रयास भएको भन्दै एमालेले ध्यानआकर्षण भएको जनाएको छ ।

नेकपा (एमाले) र माओवादी–केन्द्रका तर्फबाट वामगठबन्धनका साझा उम्मेदवार रहेका माओवादी–केन्द्रका नेता जर्नादन शर्मामाथि निर्वाचन प्रचार–प्रसारका क्रममा चौरजहारी नगरपालिकाको गाइरीमा कात्तिक २४ गते बम प्रहार भएको र कात्तिक २५ गते प्रतिनिधिसभा रोल्पाका वामगठबन्धनका उम्मेदवार बर्षमान पुनमाथि रोल्पाको माडीगाउ“मा बम आक्रमण प्रयासको  एमालेले निन्दा गरेको छ ।

निर्वाचन नजिकि“दै जा“दा सत्तासंरक्षित गुण्डागर्दीको रुपमा सोलुखुम्बुमा एमाले उम्मेदवारको प्रचार सामग्री च्यात्ने, नष्ट गर्ने र हाम्रा समर्थकहरुलाई धम्क्याउने, तर्साउने कार्यहरु भइरहेको  पनि एमालेले आरोप लगाएको छ । यस्ता कार्यहरुमा संलग्नहरुलाई तुरुन्त कारबाही गर्न सरकारसमक्ष एमालेले माग गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्