![एड्सविरुद्धको दिवसको पूर्वसन्ध्यामा गौशालामा दीप प्रज्वलन [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/hiv_aids_day_2024_17_0lcqCqnrt2.jpg)
एड्सविरुद्धको दिवसको पूर्वसन्ध्यामा माइती नेपालले काठमाडौंको गौशालामा दीप प्रज्वलन गरेको छ ।
समारोहका सहभागीहरूले दीप प्रज्वलन गर्नुका साथै एड्सबाट ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जलीसमेत व्यक्त गरेका थिए ।
नेपालमा सन् २०२३ मा ९१ प्रतिशत एचआईभीको सङ्क्रमण घटेको पाइएको छ ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा जारी गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२३ मा ९१ प्रतिशत एचआईभीको सङ्क्रमण घटेको पाइएको हो ।
केन्द्रका निर्देशक डा सर्वेश शर्माका अनुसार सन् २०२३ मा ४५७ जना मात्र नयाँ एचआईभीका सङ्क्रमित भेटिएका छन् ।
तस्वीरहरू

















