३१ जेठ २०८३, आइतबार

एक किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पक्राउ

मंसिर १५, २०८१
काठमाडौं
एक किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो एक सय ग्राम सुनसहित एकजना पक्राउ परेका छन् ।     
     
पक्राउ पर्नेमा चितवनका आशिष सुवेदी रहेका नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनले एक किलो, एक सय ग्राम सुनसहित सुवेदीलाई विमानस्थल भन्सारका कर्मचारी एवं त्यहाँ खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताए । 

एयर अरेबियाको फ्लाइटबाट दुबई हुँदै नेपाल आएका सुवेदीले रबरको एक प्रकारको भाँडो बनाएर त्यसमा लुकाएर सुन ल्याएको अवस्थामा पक्राउ परेका प्रहरीले जनाएको छ । उनलाई प्रहरी वृत्त गौशालामा राखी थप अनुसन्धान भइरहेको डीआईजी कार्कीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्