२० असार २०८३, शनिबार

चीनबाट फर्केको केही दिनमा मलेसिया भ्रमणमा निस्किइन् राष्ट्रियसभा उपाध्यक्ष

मंसिर १६, २०८१
काठमाडौं
चीनबाट फर्केको केही दिनमा मलेसिया भ्रमणमा निस्किइन् राष्ट्रियसभा उपाध्यक्ष

चीन भ्रमणबाट फर्केको केही दिनमा राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे संसदीय अध्ययन तथा अवलोकन भ्रमणका लागि १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मलेसियाको क्वालालम्पुर प्रस्थान गरेकी छन् । 

मलेसिया सरकारको निमन्त्रणमा नेपाली संसदीय टोली यही मंसिर २१ गतेसम्म औपचारिक भ्रमणका लागि गएराति त्यसतर्फ प्रस्थान गरेको संघीय संसद् सचिवालयले जनाएको छ । 

प्रतिनिधिमण्डलमा मधेश, बागमती र कोशी प्रदेशका सभामुख क्रमशः रामचन्द्र मण्डल, भुवनकुमार पाठक र अम्बरबहादुर विष्ट छन् । 

त्यस्तै, लुम्बिनी प्रदेशका उपसभामुख मेनुका खाण केसी, गण्डकी प्रदेशका उपसभामुख विनाकुमारी थापा, सुदूरपश्चिम प्रदेशका उपसभामुख कोइलीदेवी चौधरी र कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपाने पनि उक्त अध्ययन भ्रमण टोलीमा सहभागी छन् । 

नेपाली प्रतिनिधिमण्डलले मलेसियाका सभामुख र उपसभामुखका साथै सेलागोर प्रान्तीय संसद्का सभामुख र उपसभामुखसँग पनि भेटवार्ता गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ । उपाध्यक्ष घिमिरेको नेतृत्वमा रहेको टोली यही मंसिर २१ गते स्वदेश फर्कनेछ ।   

उपाध्यक्ष घिमिरेले हालै चीनको औपचारिक भ्रमण पनि गरेकी थिइन् । चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङमा भएको दोस्रो ग्लोबल साउथ थिंक ट्याङ्क संवादमा भाग लिएर उपाध्यक्ष घिमिरे मंसिर ६ गते स्वदेश फर्किएकी थिइन् । उनको चीन भ्रमण १० दिनको थियो । 

salt training

कमेन्ट गर्नुहोस्