
उपनिर्वाचन अन्तर्गत मोरङको ग्रामथानमा मतदान शुरू भएको छ ।
सरस्वती माध्यमिक विद्यालय केन्द्र झोराहाट केहीबेर अघि (७ बजेर १० मिनेटमा) मतदान शुरू भएको छ । जहाँ ८ जना मतदाता मात्रै लाइनमा छन् ।
ग्रामथानमा गाउँपालिका अध्यक्ष पदका लागि हुने उपनिर्वाचन हुँदैछ । यहाँ लागि १६ जना उम्मेदवार मैदानमा छन् ।

२६ हजार ४४ मतदाता रहेको ग्रामथानमा १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र छन् ।