![आज कुन देशको मुद्राको कति छ विनिमयदर ? [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/dollar_exchange_AI5n8pEIyK.jpg)
नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिद दर १ सय २४ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्री दर १ सय ३५ रुपैयाँ ४८ पैसा रहेको छ ।
क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ७८ पैसा रहेको छ । यस्तै युरोपियन युरो एकको खरिदमा १४२ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर १४३ रुपैयाँ ०६ पैसा तोकिएको छ ।
यसैगरी, जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ९९ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ३ पैसा रहेको छ । साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ९० पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ०६ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ छ भने बिक्री दर ३७ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
