![स्थानीय तह उपनिर्वाचनमा यसरी भइरहेको छ मतदान [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Gramthan_Voting_3_nDuoMlIzRC.jpg)
स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आइतबार मतदान भइरहेको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान जारी छ ।
बिहान ७ बजेदेखि शुरू भएको मतदान साँझ ५ बजेसम्म जारी रहेनछ । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
आयोगले सक्कल मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र र वा सवारी चालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको जनाएको छ ।
गाउँपालिका अध्यक्षका लागि उपनिर्वाचन भइरहेको मोरङको ग्रामथानमा पनि बिहानैदेखि मतदान जारी छ । मतदाताहरू आउने क्रम चलिरहेको छ । यहाँ बिहान ७ बजेर १० मिनेटमा मतदान शुरू भएको थियो ।
वृद्धहरू पनि मतदानका लागि मतदान केन्द्र पुगेका छन् । ग्रामथानमा गाउँपालिका अध्यक्षका लागि १६ जना उम्मेदवार मैदानमा छन् ।
२६ हजार ४४ मतदाता रहेको ग्रामथानमा १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र छन् । हामीले ग्रामथानका केही मतदान केन्द्र पुगेर मतदानको तस्वीर लिएका छौं ।
हेर्नुहोस् तस्वीरहरू :






