
गुल्मीको मुसिकोट नगरपालिका–१ को वडाअध्यक्ष पदका लागि मतदान शुरू भएको छ ।
रिक्त वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा तोकिएकै समयमा मतदान शुरू भएको मुख्य निर्वाचनको कार्यालयका सहायक निर्वाचन अधिकृत ऋषिराम घिमिरेले बताए ।
वडाध्यक्षका निर्वाचनका लागि ३ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्र तोकिएको छ । वडामा ४ हजार ५१ जना मतदाता रहेका छन् ।
वडाध्यक्ष का लागि ८ जना चुनावी प्रतिस्पर्धामा छन् । यहाँ नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित मोहन घिमिरेको निधन भएपछि उपनिर्वाचन भएको हो ।