२५ जेठ २०८३, सोमबार
स्थानीय तह उपनिर्वाचन

कीर्तिपुरमा यसरी भइरहेको छ मतदान [तस्वीरहरू]

मंसिर १६, २०८१
काठमाडौं
कीर्तिपुरमा यसरी भइरहेको छ मतदान [तस्वीरहरू]

उपनिर्वाचन अन्तर्गत नगर प्रमुखका लागि मतदान भइरहेको एक मात्र नगरपालिका, काठमाडौंको कीर्तिपुरमा बिहानैदेखि मतदान जारी छ । यहाँ २ वडामा  वडाध्यक्षका लागि पनि उपनिर्वाचन भइरहेको छ । 

कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगर प्रमुख र दुई वडाध्यक्षका लागि मतदान जारी छ । मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार नगर प्रमुख र वडा नं १ र ४ का वडाध्यक्षका लागि जारी मतदानमा नगर प्रमुखमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार छन् । यस्तै, वडा नं १ मा नौ र वडा नं ४ मा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । 

कीर्तिपुरमा नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्र डा. शिवशरण महर्जन, नेकपा एमालेका डा. सुरेन्द्र मानन्धर, स्वतन्त्र उम्मेदवार राजमान महर्जनलगायत चुनावी मैदानमा छन् । 

नगर प्रमुख राजकुमार नकर्मी, वडा नं १ का अध्यक्ष हीरालाल महर्जन र वडा नं ४ का अध्यक्ष श्यामराज अधिकारीको निधनपछि ती पद रिक्त भएका थिए । 

हेर्नुहोस् थप तस्वीर :
null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्