०९ साउन २०८३, शनिबार

ग्रामथानमा बिहान ११ बजेसम्म झण्डै ७ हजार मत खस्यो

मंसिर १६, २०८१
विराटनगर
ग्रामथानमा बिहान ११ बजेसम्म झण्डै ७ हजार मत खस्यो

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको उपनिर्वाचनमा बिहान ११ बजेसम्म ६ हजार ८ सय २६ मत खसेको छ ।

कुल २६ हजार ४४ मतदाता रहेकोमा झण्डै ७ हजार मत खसेको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिए ।

अध्यक्ष पदका लागि एक स्वतन्त्रसहित १६ उम्मेदवार चुनावी दौडमा छन् ।

यहाँ १२ मतदानस्थल र २९ मतदान केन्द्र तोकिएका छन् ।

२०७९ सालको निर्वाचनमा अध्यक्ष पदमा विजयी नेपाली कांग्रेसका जयप्रकाश गच्छदारको गत असारमा निधन भएपछि उक्त स्थानमा उपनिर्वाचन भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्