२१ असार २०८३, आइतबार

झापामा पसलदेखि धानको कुन्युसम्म आगलागी, साढे १९ लाख क्षति

मंसिर १६, २०८१
झापा
झापामा पसलदेखि धानको कुन्युसम्म आगलागी, साढे १९ लाख क्षति

झापाका ३ छुट्टाछुट्टै ठाउँमा गए राति आगलागी हुँदा १९ लाख ६० हजारभन्दा बढीको क्षति भएको छ ।

दमक नगरपालिका–१ का शिव राईको घरको भुइँतलामा रहेको किराना कस्मेटिक र खाद्यान्न पसलमा विद्युत् शट भई आगलागी हुँदा पसलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् ।

आगलागीबाट १५ लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
  
गए राति नै झापा गाउँपालिका–७ रमितेटोलका लुखी हस्दाको घरमा विद्युत लाइन सट भई आगलागी हुँदा टिनको छानो र बाँसले बनेको तीनकोठे घर र सामान जलेर पूर्ण रूपमा क्षति पुगेको छ ।

उक्त घरनजिकै रहेको ग्वाली कोठामा क्षति पुग्दा २ लाख ५० हजार बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, अर्जुनधारा नगरपालिका–११ सालबारीस्थित भूमिनाथ बराल र अमर राउतले एक बिघा जमिनको धान काटिराखेका कुन्युमा आगलागी भएको छ ।

यसरी अचानक आगलागी भएर धान र कुन्यु जल्दा २ लाख १० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

प्रनाउ चन्दका अनुसार आगलागी भएका तीनवटै ठाउँको आगो स्थानीय तहका दमकल, स्थानीय मानिस र प्रहरीको सहयोगमा निभाइएको छ । 

आगलागी सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्