१४ असार २०८३, आइतबार

रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा ४ जनाको मृत्यु

मंसिर १६, २०८१
रोल्पा
रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा ४ जनाको मृत्यु

रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा ४ जनाको मृत्यु भएको छ।

सुनछहारी गाउँपालिका वडा नम्बर ३ मा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्सपेक्टर विजय चापागाईँका अनुसार पर्खाल भत्किँदा ५ जना पुरिएको जानकारी आएको थियो ।

तर अहिलेसम्म चार जनाको शव निकालिएको उनले जानकारी दिए । 'पुल निर्माणका लागि खनिएको खाल्डोमा पर्खाल लगाउने क्रममा माथिबाट आएको माटोको ढिस्कोले पुरिएर उनीहरूको मृत्यु भएको जानकारी आएको छ,' उनले लोकान्तरसँग भने ।

इन्सपेक्टर चापागाईँका अनुसार दुई महिला र दुई पुरुषको  शव निकालिएको छ। 

मौलाबाङ र बाहिरी गाम जोड्न झोलुङ्गे पुल निर्माणको काम चलिरहेको थियो।

salt training

कमेन्ट गर्नुहोस्