०४ साउन २०८३, सोमबार

ओलम्पिक कमिटीले सदस्यता नदिएकोमा ५ संस्थाको आपत्ति

मंसिर १६, २०८१
काठमाडौं
ओलम्पिक कमिटीले सदस्यता नदिएकोमा ५ संस्थाको आपत्ति

कानूनसम्मत आवेदन दिए पनि वर्षौंसम्म नेपाल ओलम्पिक कमिटीले सदस्य नबनाएको भन्दै विभिन्न पाँचवटा संस्थाले आपत्ति जनाएका छन् ।

विभिन्न खेलसँग सम्बन्धित पाँचवटा खेलकुद संस्थाहरूले आफूहरूलाई सदस्य बनाउन नेपाल ओलम्पिक कमिटीको ध्यानाकर्षण गराएका छन् । 

आइतबार नेपाल रग्बी संघ, नेपाल घोडचढी संघ, नेपाल स्केटिङ तथा स्केडबोर्डिङ संघ र नेपाल बेसबल तथा सफ्टवन संघले संयुक्तरूपमा विज्ञप्ति निकाल्दै आफूहरूले कानूनसम्मत रूपमा दिएको सदस्यतालाई कायम गराउन ध्यानाकर्षण गराएका हुन् । 

ओलम्पिकमा सहभागी हुने खेलका संस्थाहरू ओलम्पिक कमिटीको सदस्य हुने प्रावधान भए पनि आफूहरूलाई बाहिर राख्न खोजेको भन्दै उनीहरूले विज्ञप्तिमार्फत् ध्यानाकर्षण गराएका हुन् । 

३ वटा ननओलम्पिक खेलहरूसमेत नेपाल ओलम्पिक कमिटीको सदस्य रहेको भन्दै उनीहरूले आफूहरूलाई बाहिर राखिनुलाई दुरासयपूर्ण व्यवहार भनेका छन् । 

‘चार वर्ष सकिएर एक वर्ष थपेको अवधिसमेत सकिइसकेको नेपाल ओलम्पिक कमिटीले सम्मानित अदालतबाट आउने निर्णय नहुन्जेल सदस्यता दिने विषयमा थप निर्णय नगर्न र नेपाल ओलम्पिक कमिटीको आगामी साधारणसभामा हामीलाई समावेश गराउन जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली खेलकुदमा भइरहेको बेथिति र अन्यायको विरुद्ध हामी एकताबद्ध रही नेपालको कानून र अन्तर्राष्ट्रिय ओलम्पिकको चार्टरको अधीनमा रही नेपालको ओलम्पिक मुभमेन्टलाई थप मजबुत र व्यवस्थित बनाउन प्रतिबद्धतासमेत जाहेर गदछौं ।’

मुद्दा चल्दै गर्दा गत वर्ष विशेष साधारणसभा बोलाएर सदस्यता दिने विषयलाई झन् जटिल बनाइएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् ।

यसैले सदस्य बन्न योग्य संस्थाहरूलाई बाहिर राख्न खोज्नु खेदजनक भएको उनीहरूको भनाइ छ । अन्तर्राष्ट्रिय रूपमा मान्यता पाएका संघसंस्थालाई आफैं बोलाएर सदस्यता दिनुपर्नेमा पूर्गाग्रही हुनु र पेचिलो बनाइनु खेदजनक भएको उनीहरूको भनाइ छ ।

राष्ट्रिय खेलकुद परिषद्ले समेत सदस्यता किन नदिएको भनेर सम्झाए पनि ओलम्पिक कमिटीले चरम वेवास्ता गरेको उनीहरूको भनाइ छ । 

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको वडापत्र, राष्ट्रिय ओलम्पीक कमिटीको विधान अनुरूपका वार्षिक रूपमा खेल खेलिनु पर्ने खेल तथा अन्तर्राष्ट्रिय महासंघको आवद्धतासहित निवेदन पेश गरे पनि सदस्यता नदिएको उनीहरूको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ विज्ञप्ति

nullnull

salt training

कमेन्ट गर्नुहोस्