०३ असार २०८३, बुधबार

स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न

मंसिर १६, २०८१
काठमाडौं
स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न

स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । 

बिहान ७ बजेदेखि शुरू भएको निर्वाचन अपरान्ह ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिइन् । 

नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदका लागि आज मतदान भएको थियो ।

यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्रगरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धी छन् ।

salt training

कमेन्ट गर्नुहोस्