०८ असार २०८३, सोमबार

ठाकुरबाबामा खस्यो ६३.७९ प्रतिशत मत

मंसिर १६, २०८१
बुटवल
ठाकुरबाबामा खस्यो ६३.७९ प्रतिशत मत

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ मा मतदान सम्पन्न भएको छ । वडा अध्यक्ष पदका लागि भएको निर्वाचनमा ६३.७९ प्रतिशत मत खसेको छ । 

ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ मा जम्मा तीन हजार पाँच सय १० जना मतदाता रहेका छन् । जसमध्ये दुई हजार दुई सय ३९ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बर्दियाले जनाएको छ । 

दुई ओटा मतदान स्थल भएको सो वडामा कृषि पशु सेवा केन्द्रमा सात सय ४२ र बबई शिशुमन्दिर मावि बर्गदहामा एक हजार चार सय ९७ मत खसेको थियो । निर्वाचनका लागि ५ वटा मतदाता केन्द्र तोकिएको थियो ।

ठाकुरबाबा नगरपालिका ४ मा महिला एक हजार आठ सय ३९ र पुरुष एक हजार छ सय ७१ गरी ३ हजार पाँच सय १० जना मतदाता रहेका छन् । 

वडा अध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट अमिन थारु, नेकपा एमालेबाट विष्णुप्रसाद देवकोटा, नेकपा माओवादीबाट शेरबहादुर थारुले उम्मेदवार छन् ।

त्यसैगरी नागरिक उन्मुक्ति पार्टीबबाट प्रितिलाल थारु, राष्ट्रिय स्वतन्त्र पार्टीबाट वासुदेव शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रत्नबहादुर शाही  उम्मेदवार छन् ।

वडा अध्यक्ष सुर्यबहादुर विष्ट जिल्ला समन्वय समितिका प्रमुख भएपछि हाल उपनिर्वाचन भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्