०३ असार २०८३, बुधबार

पर्यटन मन्त्रालयअन्तर्गतका निकायको छपाइ प्रज्ञा छापाखानाबाटै हुने

मंसिर १६, २०८१
काठमाडौं
पर्यटन मन्त्रालयअन्तर्गतका निकायको छपाइ प्रज्ञा छापाखानाबाटै हुने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालयअन्तर्गतका सबै निकायका छपाइसम्बन्धी कार्य अब नेपाल प्रज्ञा प्रतिष्ठानस्थित प्रज्ञा छापाखानाबाट गर्ने निर्णय गरेको छ ।

मन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा आज बसेको बैठकले मन्त्रालय र अन्तर्गतका निकाय निकायबाट गरिने छपाइसम्बन्धी कार्य प्रज्ञा छापाखानाबाट छपाइ गर्ने निर्णय गरेको हो । 

बैठकले सो छापाखानाको क्षमताअनुरुप गर्न सकिने छपाइका कामको विवरणसहितको जानकारी र प्रतिष्ठानको छपाइसम्बन्धी कार्यविधि उल्लेखित सबै निकायलाई प्रतिष्ठानले लेखी पठाउने निर्णय गरेको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ । 

यो निर्णयसँगै हाल कुल सञ्चालन क्षमताको १५ प्रतिशत मात्र काम गरिरहेको छापाखाना पूर्णक्षमतामा सञ्चालनमा आउने छ भने वार्षिक रूपमा रु १२ करोड बढीको छपाइ प्रज्ञा छापाखानाबाटै हुनेछ भने यसले राज्यको रु तीनदेखि चार करोड जोगिने बताइएको छ ।

केही समय पहिले संस्कृतिमन्त्री पाण्डेले प्रज्ञा प्रतिष्ठानको भ्रमणका क्रममा त्यहाँको छापाखानालाई पूर्णरूपमा सञ्चालनमा ल्याई आय बढाउने विषयमा प्राज्ञसँग छलफल गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्