२८ असार २०८३, आइतबार

लुम्बिनी लायन्सको मुख्य प्रायोजकमा एनसेल

मंसिर १६, २०८१
काठमाडौं
लुम्बिनी लायन्सको मुख्य प्रायोजकमा एनसेल

नेपाल प्रिमियर लिग (एनपीएल)को टोली लुम्बिनी लायन्सलाई नेपालको मोबाइल सेवा प्रदायक एनसेलले साथ दिएको छ ।

लुम्बिनी लायन्सको मुख्य प्रायोजकका रूपमा एनसेलले साथ दिएको हो । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै लुम्बिनी लायन्स र एनलेसबीच सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा लुम्बिनी लायन्सका तर्फबाट अध्यक्ष ईश्वर जिसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एवं प्रबन्ध निर्देशक जब्बर काइमोभले हस्ताक्षर गर्दै पत्र आदानप्रदान गरेका हुन् ।

सो अवसरमा एनसेलका प्रमुख कार्यकारी अधिकृत एवं प्रबन्ध निर्देशक काइमोभले एनसेललाई लुम्बिनी लायन्ससँग जोड्न पाउँदा खुसी लागेको बताए । यस्तै, लुम्बिनी लायन्सका अध्यक्ष जिसीले एनसेललाई मुख्य प्रायोजकका रूपमा स्वागत गर्न पाउनु गौरवको विषय भएको बताए ।

null

उक्त कार्यक्रममा लुम्बिनी लायन्सको नयाँ जर्सीसमेत सार्वजनिक गरिएको छ ।

उक्त जर्सी नेपाली चलचित्रका अभिनेता तथा लुम्बिनी लायन्सका ब्रान्ड एम्बासडर राजेश हमाल, लुम्बिनी लायन्सका अध्यक्ष जिसी, एनसेलका प्रमुख कार्यकारी अधिकृत एवं प्रबन्ध निर्देशक काइमोभ, नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लुम्बिनीका मार्की खेलाडी रोहितकुमार पौडेलले सार्वजनिक गरेका हुन् । 

पहिलो संस्करणको एनपिएल शनिबारदेखि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा शुरू भएको छ । यसको मुख्य प्रायोजक सिद्धार्थ बैङ्क रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्