
रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ मा कांग्रेसका उम्मेदवारले भारी मतान्तरसहितको अग्रता बनाएका छन् ।
निर्वाचन आयोगका अनुसार कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवार भुपमणि पुन मगरले ६४३ मत पाउँदा माओवादी केन्द्रका उम्मेदवार नरेश जंग सिंहले जम्मा ७० मत पाएका छन् ।
यसैगरी एमालेका बेगम पुनले ५३५ मत पाउँदा राप्रपाका उम्मेदवारले १, रास्वपाका उम्मेदवारले ७ र मंगोल अर्गनाइजेसनका उम्मेदवारले पनि ७ मत पाएका छन् ।