
दार्चुलाको दुहु गाउँपालिका–५ मा सम्पन्न वडाध्यक्षको उपनिर्वाचनमा नेपाली कांग्रेसले जित हासिल गरेको छ। कांग्रेसका धनसिंह कुँवर ३७६ मत ल्याएर विजयी भए ।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मानसिंह बडालले ३५८ मत प्राप्त गरे भने माओवादी केन्द्रका वीरसिंह कार्कीले ९८ मतमा सीमित भए । स्वतन्त्र उम्मेदवार लालसिंह कुँवरले २५ मत पाएका छन्।
यसअघि २०७९ को निर्वाचनमा यो वडाबाट माओवादी केन्द्रले जित हात पारेको थियो।