३० असार २०८३, मंगलबार
उपनिर्वाचन

आधार इलाकामै माओवादी कमजोर, रुकुम र रोल्पाका वडामा कांग्रेस उम्मेदवार विजयी

मंसिर १६, २०८१
काठमाडौं
आधार इलाकामै माओवादी कमजोर, रुकुम र रोल्पाका वडामा कांग्रेस उम्मेदवार विजयी

 तत्कालीन माओवादी जनयुद्धको आधार इलाकाका रुपमा परिचित रुकुम र रोल्पाको वडामा माओवादीको विपक्षमा उपनिर्वाचनको नतिजा आएको छ ।

 आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको नतिजाअनुसार रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं ५ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । 

निर्वाचन आयोगका अनुसार कांग्रेसका उम्मेदवार मोतीराम खत्री ५९० मतका साथ विजयी भएका हुन् । यस्तै माओवादी केन्द्रका जसिराम बस्नेत ५३७ मत ल्याएर पराजित भए । 

यसैगरी रोल्पाको रुन्टिगढी गाँउपालिकाको वडा नम्बर ४ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार भुपमणि पुन बिजयी भएका छन् ।
पुन ६३४ मत ल्याएर बिजयी भएका हुन् । त्यहाँ नेकपा एमालेले ३५ मत ल्याएको छ भने नेकपा माओवादी केन्द्रले जम्मा ७० मत ल्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले जम्मा १० मत ल्याएको छ ।

निर्वाचन आयोगका अनुसार त्यहाँको जम्मा १९ मतमध्ये १२ सय ९७ मत खसेको थियो भने २१ मत बदर भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्