२६ जेठ २०८३, मंगलबार
उपनिर्वाचन परिणाम

ओखलढुंगाको मोलुङ-५ को अध्यक्षमा एमालेका गंगा तामाङ विजयी, तोडियो कांग्रेसको वर्चस्व

मंसिर १६, २०८१
काठमाडौं
ओखलढुंगाको मोलुङ-५ को अध्यक्षमा एमालेका गंगा तामाङ विजयी, तोडियो कांग्रेसको वर्चस्व

ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा भएको वडाध्यक्षको उपनिर्वाचनमा एमालेका गंगा तामाङ विजयी भएका छन्। तामाङले ३९९ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

नेपाली कांग्रेसका घनश्याम दाहालले १७७ मत ल्याएर दोस्रो स्थान हासिल गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुप्रसाद पोखरेलले १५१ मत पाए।

यस्तै, माओवादी केन्द्रका मानबहादुर सुनुवारले २३ मत प्राप्त गरे। राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रमणी दाहाल र जनता समाजवादी पार्टीका इन्द्रबहादुर दर्जीले समान ३ मत पाएका छन्। मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमका अनुसार, कुल १,३२५ मतदातामध्ये ७६८ जनाले मतदान गरेका थिए।

यो वडामा २०५४ देखि कांग्रेसको जित हुँदै आएकोमा यसपटक एमालेले कांग्रेसको वर्चस्व तोड्न सफल भएको हो। यो क्षेत्र एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवारको प्रभाव क्षेत्रमा पर्छ। वडाध्यक्ष गोपी कार्कीको निधनपछि उपनिर्वाचन गरिएको हो।

salt training

कमेन्ट गर्नुहोस्