२७ असार २०८३, शनिबार
उपनिर्वाचन

सर्वदलीय बैठकपछि मोरङको ग्रामथानमा मतगणना शुरू

मंसिर १६, २०८१
काठमाडौं
सर्वदलीय बैठकपछि मोरङको ग्रामथानमा मतगणना शुरू

मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष पदको उपनिर्वाचनको मतगणना आइतबार राति १०:३० बजेबाट शुरू भएको छ ।

सर्वदलीय बैठकपछि मतगणना प्रक्रिया थालिएको हो ।

निर्वाचन अधिकृत रामराजा पौडेलका अनुसार, आज सम्पन्न मतदानमा ७१ प्रतिशत मतदान भएको छ ।

निर्धारित समयअवधि भित्र १८ हजार ५७७ मतदाताले मतदान गरेका थिए । ग्रामथान गाउँपालिकामा कुल २६ हजार ४४ मतदाता रहेकोमा १२ मतदान स्थलका २९ मतदान केन्द्रमा ७१ दशमलव ३३ प्रतिशत मतदान भएको हो । 

मतदान आइतबार बिहान ७ बजेदेखि शान्तिपूर्ण वातावरणमा भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्