२५ जेठ २०८३, सोमबार

कांग्रेस कार्यकर्तालाई प्रचण्डले भने- 'गिरिजाप्रसादलाई सम्झेर मलाई मतदान गर्नुस'

कात्तिक २६, २०७४
कांग्रेस कार्यकर्तालाई प्रचण्डले भने- 'गिरिजाप्रसादलाई सम्झेर मलाई मतदान गर्नुस'

चितवन, २६ कात्तिक- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्न स्थिर सरकार र देश समृद्ध बन्नुपर्ने बताउनुभएको छ । 

चितवन क्षेत्र नं ३ अन्तर्गत आज मंगलपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले विस्तृत शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता आफू र अर्को हस्ताक्षरकर्ता कोइराला रहेको र उहाँका सपना पूरा गर्ने जिम्मा आफूमा रहेको जिकिर गर्नुभयो । 

संविधानसभाको दोस्रो निर्वाचनमा नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइराला निर्वाचित हुनुभएको थियो । नेता दाहालले भन्नुभयो, “राष्ट्र निर्माणका लागि गिरिजाप्रसादलाई सम्झेर मलाई मतदान गर्न म नेपाली काँग्रेसका कार्यकर्तालाई आग्रह गर्दछु । यस क्षेत्रबाट काँग्रेसका पुराना र संघर्षशील नेता उम्मेदवार भएको भए मेरो प्रतिस्पर्धी हुने थिए तर काँग्रेसको उम्मेदवार नहुँदा मेरो प्रतिस्पर्धी कोही छैन ।” 

अध्यक्ष दाहालले वामपन्थीको स्थिर सरकारले मात्र देशको मुहार कायपलट हुने बताउँदै पाँच वर्षमा चितवनको मुहार फेरिछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वामपन्थीको एकता राष्ट्रको एकताको अङ्ग भएको बताउँदै उहाँले नेपाली काँग्रेसलाई पनि बृहत् प्रजातान्त्रिक एकता कायम गरी अगाडि बढ्न सुझाव दिनुभयो । 

चितवनलाई विकास र समृद्धिमार्फत देशकै नमूना जिल्ला बनाउन आफ्नो उम्मेदवारी रहेको उहाँले बताउनुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्