२७ असार २०८३, शनिबार

गढीमाई –८ मा नेकपा एस र  ईशनाथ–७ मा कांग्रेसको उम्मेदवार विजयी

मंसिर १७, २०८१
काठमाडौं
गढीमाई –८ मा नेकपा एस र  ईशनाथ–७ मा कांग्रेसको उम्मेदवार विजयी

 रौतहटको गढीमाई नगरपालिका वडा ८ को वडाध्यक्ष पदमा  नेकपा (एकीकृत समाजवादीकास)का उम्मेदवार बजरङ्गीप्रसाद यादव विजयी भएका छन् । 

हिजो सम्पन्न उपनिर्वाचनमा उनले छ सय ५५ मत प्राप्त गरेर विजय हासिल गरेका हुन्।  उनका निकटतम प्रतिस्पर्धि नेकपा (एमाले)का जिउतीदेवी यादवले छ सय ३१ मत ल्याए भने नेपाली कांग्रेसका सुबोधकुमार यादवले छ सय १७ मत र जसपा नेपालका सन्देशप्रसाद यादवले दुई सय ५८ मत ल्याको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिए । 

यसैबीच ईशनाथ नगरपालिका वडा –७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका शेख अब्दुल खलिकले बजरङ्गीप्रसाद यादवले छ २७ मत प्राप्त गरी विजयी भएका छन् । 

उनका प्रतिष्पर्धि एमालेका उम्मेदवार शेख अनवरले पाँच सय ७५ मत प्राप्त गरेको निर्वाचन कार्यालय प्रमुख दासले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्