२० असार २०८३, शनिबार
स्थानीय तह उपनिर्वाचन

मोरङको ग्रामथानमा माओवादीले अग्रता बढायो, कांग्रेस-एमालेले कति मत ल्याए ?

मंसिर १७, २०८१
विराटनगर
मोरङको ग्रामथानमा माओवादीले अग्रता बढायो, कांग्रेस-एमालेले कति मत ल्याए ?

मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)ले अग्रता बढाउँदै लगेको छ ।

निर्वाचन आयोगले दिएको पछिल्लो जानकारीअनुसार ग्रामथानका माओवादी उम्मेदवार नमो नारायण माझीले ६ हजार २८६ मत पाएका छन् । उनी नेपाली कांग्रेसका बलराम सरदार थारूभन्दा १४८५ मतले अगाडि छन् । 

थारूले हालसम्म ४७९१ मत पाएका छन् । 

नेकपा एमालेका उम्मेदवार तुलसीराम माझी ३२६६ मतसहित तेस्रो स्थानमा छन् ।

राप्रपाका दिनेशकुमार पन्दारले ४९६ मत पाएका छन् भने रास्वपाका नवीनकुरमा खवासले ३२४ मत पाएका छन् । 

१६ हजार १९४ मत खसेको ग्रामथानमा १५ हजार ८८९ सदर भएको छ । 

यसअघि नेपाली कांग्रेसले जितेको यो गाउँपालिकामा उपाध्यक्ष र ५ वडाध्यक्षमा एमालेबाट विजयी भएका थिए।

माओवादीले एक मात्रै वडाध्यक्ष जितेको थियो । तर अहिले माओवादी उम्मेदवारले शुरूदेखि नै अग्रता बनाइरहेका हुन्।  

२०७९ को स्थानीय तहको निर्वाचनमा ग्रामथान गाउँपालिका अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारू विजयी भएका थिए । उनले ७६०५ मत पाएका थिए ।

त्यतिबेला एमालेका शिव नारायण माझी थारूले ६०९३ मत र माओवादी केन्द्रका विजय कुमार सरदारले २७२७ मत पाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्