२३ असार २०८३, मंगलबार
उपनिर्वाचनको परिणामले प्रचण्ड उत्साहित

माओवादी ०६४ सालमा फर्कियो, अब हाम्रा दिन शुरू भए : प्रचण्ड

मंसिर १७, २०८१
काठमाडौं
माओवादी ०६४ सालमा फर्कियो, अब हाम्रा दिन शुरू भए : प्रचण्ड
फाइल तस्वीर

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपनिर्वाचनको परिणामले आफू उत्साहित भएको बताएका छन् । 

मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जितेपछि पार्टीका नेता अमनलाल मोदीलाई टेलिफोन गर्दै अध्यक्ष प्रचण्डले माओवादी अब २०६४ सालको अवस्थामा फर्किएको बताएका हुन् । 

ग्रामथानमा विजय सुनिश्चित भएपछि सोमबार बिहान अध्यक्ष प्रचण्डले फोन गरेर बधाई दिएको मोदीले बताए । 'तपाईंलाई बधाई छ । ग्रामथानमा विजय सुनिश्चित गर्नुभयो,' मोदीका अनुसार प्रचण्डले फोनमा भनेका थिए, 'माओवादी अब २०६४ सालमा फर्किएको छ । हाम्रा दिन शुरू भए ।'

ग्रामथान गाउँपालिका पूर्वमन्त्री मोदीको क्षेत्रमा पर्छ । ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नमोनारायण माझी निर्वाचित भएका छन् ।

निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदार थारूलाई पराजित गर्दै माओवादीका माझी अध्यक्षमा निर्वाचित भएका हुन् । माझी ६९६९ मत ल्याएर विजयी हुँदा कांग्रेसका थारू ५३३३ मतसहित दोस्रो भए । 

यसअघि कांग्रेसले जितेको यो गाउँपालिकामा उपाध्यक्ष र ५ वडाध्यक्षमा एमालेबाट विजयी भएका थिए । माओवादीले एक मात्रै वडाध्यक्ष जितेको थियो । 

२०६४ सालको पहिलो संविधान सभा चुनावमा माओवादीले एक्लैले प्रत्यक्षतर्फ १ सय २० सिट जितेको थियो । त्यसपछिका निर्वाचनमा भने माओवादीको जनमत खस्किँदै गएको छ ।

salt training

कमेन्ट गर्नुहोस्