२४ असार २०८३, बुधबार

बारामा ‘कृषि एक्स्पो गढीमाई २०८१ ’ हुने

कात्तिक १८, २०८१
बारा
बारामा ‘कृषि एक्स्पो गढीमाई २०८१ ’ हुने

कनेक्ट किसानको आयोजनमा मंसिर १८ गतेदेखि २४ गतेसम्म बारामा ‘ कृषि एक्स्पो गढीमाई - २०८१ ’ हुने भएको छ । ५ वर्षको अन्तरालामा लाग्ने गढीमाई मेलामा सहभागी जनाउन आउने भक्तजन र उर्भर भूमि तराईमा खेती गर्दै आएका किसानहरूलाई प्रविधि र बजारसँग जोड्ने उदेश्यले किसान, व्यवसायी, कृषि विज्ञ, सरकारी निकाय र कृषिसँग सरोकार राख्ने अभियान्ताहरुको जमघट गराउने उदेश्यले ‘ कृषि एक्स्पो गढीमाई - २०८१ ’ आयोजना हुने भएको छ । 

मंसिर १८ गतेदेखि २४ गतेसम्म चल्ने एक्स्पोमा २ लाख बढीले अवलोकन गर्नुका साथै ५ करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य रहेको मेला संयोजक सञ्चिता लामिछानेले बताईन् । उक्त एक्स्पोमा १ सय ५० भन्दा बढी स्टलहरू रहने छन् भने अवलोकनकर्ताहरूले कृषिमा भित्रिएको नविनतम प्रविधिदेखि मल, बीउ, परामर्श सबै एकै ठाउँबाट प्राप्त गर्न सक्नेछन् । 

एक्स्पोको प्रमुख आर्कषणमा कृषि सेमिनार रहेको छ, जहाँ किसानहरूले विज्ञहरूसँग नि:शुल्क परामर्श लिनुका साथै भलाकुसारी गर्ने अवसर समेत रहने लामिछानेले बताइन् । यस्तै, एक्सपोलाई सफल बनाउन प्रवर्द्धक र साझेदारको भूमिकामा कृषि सूचना तथा प्रशिक्षण केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि औजार अनुसन्धान केन्द्र, कृषि अनुसन्धान निर्देशनालय, राष्ट्रिय उखुबाली अनुसन्धान केन्द्र, कृषि ज्ञान केन्द्र, कृषि उद्यम केन्द्र तथा अन्य संघ / संस्थाहरू रहेका छन् । 

एक्स्पोमा कृषिका विभिन्न विधाहरू जस्तै: कुखुरापालन, माछापालन, बाख्रापालन, गाई - भैँसी पालन, डेरी ) लगायत कृषिका नविनतम औजार, उपकरण, केरा खेती, थोपा सिचाईं, बिषादी रहित कृषि, इत्यादीका बारेमा जानकारी प्राप्त गर्न सकिने छ । 
त्यसैगरी, एक्स्पोमा देशभरिबाट बढीभन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ/संस्थाका प्रतिनिधिलगायत आम कृषकहरूले प्रर्दशनीमा आधुनिक प्रविधिहरूको जानकारी प्राप्त गर्ने छन्, भने एक अर्कासँग प्रत्यक्ष भेटी सम्बन्ध विकास गर्न सक्नेछन् र आधुनिक कृषि प्रविधिको प्रयोगमा बढोत्तरी हुने छ ।

salt training

कमेन्ट गर्नुहोस्