
ज्यान मार्ने उद्योग कसुरमा फरार ४ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-१ रानीवन बस्ने लमजुङ दुधपोखरी गाउँपालिका-५ घर भएका २० वर्षीय सुमित तामाङ, २० वर्षीय सुसन तामाङ, धादिङ रुबीभ्याली गाउँपालिका-४ घर भएका २५ वर्षीय उम्बे गुरुङ भन्ने उमेश घले र १९ वर्षीय कान्छा भन्ने आशिष गुरुङ रहेका छन् ।
काठमाडौं टोखा नगरपालिका-१० गोंगबुस्थित क्रेजी चिया भट्टीमा २ जना पुरूषलाई भदौ ३० गते राति ज्यान लिने मनसायले काठ र फलामको कुर्ची, हेल्मेट, रड, सिसाको बोत्तल समेतले प्रहार गरी घाइते बनाएको घटनामा संलग्न रही फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ ।