
एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई पराजित गरेको छ । नेपालले टेष्ट मान्यताप्राप्त भारतलाई १९ रनले पराजित गरेको हो ।
मलेसियाको किनरारा ओभल मैदानमा भएको खेलमा दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट पारी खेल्दा नेपाल विजयी भएको हो । नेपालले दिएको १८६ रनको लक्ष्य पछ्याएको भारत ४८.१ ओभरमा १६६ रनमा समेटिएको थियो ।
नेपालका कप्तान ऐरीले ४ विकेट लिए।
पवन सर्राफ र सहाब अलामले २–२ विकेट लिए। सन्दीप लामिछाने र कमलसिंह ऐरीले १–१ विकेट लिए।
नेपालले भारतीमाथि जित निकालेको यो पहिलो पटक हो ।