
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ५ को वडा अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नरबहादुर झाँक्री विजयी भएका छन् ।
आइतबार भएको निर्वाचनमा उनी एक सय ६१ मत प्राप्त गर्दै वडा अध्यक्षमा निर्वाचित बनेका हुन् ।
विजयी झाँक्रीका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का नरबहादुर रोकाले एक सय १६ मत प्राप्त गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तै, नेपाली कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत प्राप्त गरे ।
विक्रम संवत् २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट वडा अध्यक्षमा निर्वाचित नन्दलाल रोकाको दमका कारण २०८० माघमा निधन भएको थियो ।
त्यतिबेला उनले माओवादी केन्द्रका जङ्गबहादुर रोकायलाई पराजित गरेका थिए ।