२१ जेठ २०८३, बिहीबार
एनपीएल क्रिकेट

दीपेन्द्रको कप्तानी इनिङ, सुदूरपश्चिमले दियो विराटनगरलाई १८३ रनको लक्ष्य

मंसिर १८, २०८१
काठमाडौं
दीपेन्द्रको कप्तानी इनिङ, सुदूरपश्चिमले दियो विराटनगरलाई १८३ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १८३ रनको लक्ष्य दिएको छ । 

कप्तान दीपेन्द्रसिंह ऐरीको कप्तानी इनिङ्सको मद्दतमा सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८२ रन बनाएको हो । 

कप्तान ऐरीले २४ बलमा सर्वाधिक ५७ रन बनाए । यस्तै, ब्राण्डन मुल्लेनले २६ बलमा ३६ रन बनाए ।

२० बल खेलेका विनोद भण्डारी २३ रन बनाएर आउट भए । यसैगरी इशान पाण्डेले १६ बलमा २१, सैफ जैबले १५ बलमा १४, स्कट कुग्गेलैज्नले १० रन बनाउँदा अमित श्रेष्ठ १ रनमा आउट भए । 

विराटनगरका लागि अमित खरेलले ३ विकेट लिए । उनले चार ओभरमा २६ रन दिएर ३ विकेट लिएका हुन् । यसैगरी क्रिश सोल, इश्मत आलम र बसिर अहमतले समान एक/एक विकेट लिए । 

विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्स्सँग पराजित भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्