
मुम्बई – प्रभास अर्थात् बाहुबलीको प्रेम अनुष्कासँग जोडिएर समाचार आइरहन्छ । अहिले एक खबरका अनुसार अनुष्काको जन्मदिन पारेर प्रभासले अनुष्कालाई बीएमडब्लु कार उपहार दिएका छन् । अनुष्काले पनि प्रभासको जन्मदिन पारेर केही समयअघि महंगो घडी उपहार दिएकी थिइन् ।
अहिले प्रभास चलचित्र ‘साहो’ को शूटिङमै व्यस्त छन् । अनुष्का पनि आउँदो फिल्म ‘भागमती’ को रिलिज कुरेर बसेकी छिन् ।
बलिउडमा के पनि खबर छ भने अनुष्काले प्रभासलाई नसोधी कुनै पनि काम गर्दिनन् । हालै अनुष्कालाई करण जोहरलाई आफ्नो मिडिया हाउसको फिल्ममा अफर गरिएको थियो तर प्रभासले भन्दा उनले अफरलाई अस्वीकार गरेकी थिइन् । करन जोहरले प्रभासलाई पनि बलिउडमा डेब्यु गराउन भने चाहेका थिए तर प्रभासले ठाडै बीस करोड भारु मागेपछि करन पछि सरेका थिए ।