
नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सको खराब प्रदर्शन जारी छ । पोखराले ७ रन जोड्दा ६ विकेट गुमाएको छ ।
पोखराको पहिलो ओभरमै तीन विकेट पतन भयो । पाकिस्तानका फास्ट बलर सोहेल तनवीरको पहिलो ओभरमै पोखराको कप्तान कुशल भुर्तेल, दिलीप नाथ र बस डी लीडे आउट भए ।
पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल पहिलो बलमै डक आउट भए । त्यसैगरी, दिलीप नाथले एउटा चौकासहित ४ रन बनाएर आउट भएका छन् भने लीडे पनि खाता नै नखोली पेवेलियन फर्किए ।
त्यसपछि तेस्रो ओभरमा किरण ठगुन्ना, रेमन रेफर र माइकल लिस्कसहित तीन विकेट झरेको हो । रिजन ढकालले एक ओभरमै तीनै विकेट झारे ।
चितवन राइनोजले पोखरालाई दिएको १६२ रनको लक्ष्य पछ्याउने क्रममा पोखराको टोली धर्मराएको हो ।